नियम २२
ग्राहक स्थानान्तरण गर्ने
(१) नियम २० मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै सेवा प्रदायकको सेवा सुचारु गर्न नसकिने भएमा वा यस नियमावली बमोजिम लिलाम बिक्रीबाट बिक्री नभएमा वा नियम ३२ बमोजिम कसैले सकार नगरेमा प्राधिकरणले त्यस्तो सेवा प्रदायकको सेवा उपभोग गरिरहेका ग्राहकलाई अर्को सेवा प्रदायकको सेवामा स्थानान्तरण गर्ने गरी आवश्यक व्यवस्था मिलाउनेछ।
(२) प्राधिकरणले कुनै सेवा प्रदायकको सेवालाई नियम २० बमोजिम व्यवस्थापन समूह मार्फत सुचारु गरेपछि सो सेवा प्रदायकको सेवा उपभोग गरिरहेका ग्राहकलाई ग्राहकको मञ्जुरीमा जुनसुकै बखत अर्को सेवा प्रदायकको सेवामा स्थानान्तरण हुने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ।